दफा २४१
अंश छुट्याउने कार्यविधि
(१) फैसला बमोजिम अंश छुट्याई दिने सिलसिलामा पक्षहरू दफा २३५ बमोजिम तारिखमा रहेको भए अदालतले छ महिनाभित्र अंशछुट्याई बण्डा गरी दिनु पर्नेछ ।
(२) एक जनाभन्दा बढी अंशियारलाई अंश छुट्याई दिने गरी फैसला भएकोमा कुनै अंशियार हाजिर नभएमा अदालतले हाजिरनहुनेअंशियारको नाममा अनुसूची–२६ बमोजिमको ढाँचामा पन्ध्र दिने म्याद पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र सम्बन्धित अंशियार हाजिर हुन आएमा अदालतले सबै अंशियारलाई राखी अंश छुट्याईदिनुपर्नेछ ।
(४) उपदफा (२) बमोजिमको म्यादभित्र अंश पाउने सबै अंशियार हाजिर हुन नआएमा अदालतले हाजिर नहुने अंशियारको भागछु्ट्याई हाजिर हुने अंशियारको बण्डा छुट्याई दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम बण्डा छुट्याइएकोमा म्यादभित्र हाजिर नहुने व्यक्तिले बण्डा गरेको वा असल कमसल वा घटी बढीभन्ने कुरामा नालिस गर्न पाउने छैन ।
(६) डोर खटाई अंश छुट्याउनु पर्ने भए अदालतले कर्मचारी पठाई बण्डा छुट्याई दिनु पर्नेछ ।
(७) यस दफा बमोजिम बण्डा छुट्टाउने सिलसिलामा फैसला बमोजिम अंश दिने वा फाँटवारी बमोजिमको सम्पत्ति जिम्माराख्नेअंशियार, निजका प्रतिनिधि वा एकाघरका उमेर पूरा गरेका अन्य व्यक्तिले फाँटवारी बमोजिमको बण्डा गर्नु पर्नेसम्पत्ति देखाउनु पर्नेछ ।
(८) अंश दिने वा जिम्मा राख्ने व्यक्ति फेला नपरेमा वा एकाघरका उमेर पूरा गरेका व्यक्तिले फाँटवारी बमोजिमको सबैसम्पत्ति देखाउन नसकेमा अंश दिने र जिम्मा राख्नेलाई बाटाको म्याद बाहेक पन्ध्र दिनभित्र अदालतमा हाजिर हुनआउनअनुसूची–२७ बमोजिमको ढाँचामा म्याद दिनु पर्नेछ ।
(९) उपदफा (८) बमोजिमको म्यादभित्र अंश दिने वा सम्पत्ति जिम्मा राख्ने व्यक्ति अदालतमा हाजिर नभएमा वा हाजिर भएपनिबण्डा गर्नु पर्ने सम्पत्ति नदेखाएमा अदालतले स्थानीय तहको सदस्य वा प्रतिनिधि र कम्तीमा दुई जना व्यक्तिसाक्षीराखी कुनै सम्पत्ति बन्द गरेको भए सो खुला गरी फाँटवारी बमोजिम अंश बण्डा गरिदिनु पर्नेछ ।
(१o) उपदफा (२) वा (८) बमोजिमको म्यादभित्र पक्षहरू हाजिर हुन नआएमा त्यस्तो म्याद नाघेको तीन दिनभित्र अदालतलेपैmसला बमोजिम अंश छुट्याई बण्डा गर्ने कार्य प्रारम्भ गर्नु पर्नेछ ।
(११) उपदफा (८) बमोजिम दिइएको म्यादपछि कुनै पक्ष अदालतमा हाजिर हुन आएमा र त्यस बखत अंशबण्डा गर्ने कार्य समाप्तनभएको भए अदालतले निजलाई समेत राखी पैmसला बमोजिम अंश छुट्याई दिनु पर्नेछ ।
(१२) बण्डा गर्दा फाँटवारी बमोजिमको सबै सम्पत्ति दुरुस्त नदेखिएमा नपुग जति सम्पत्तिकोे बिगो कायम गराई अंश दिनेवासम्पत्ति जिम्मा राख्नेको अंशबाट सोधभर्ना गराई दिनु पर्नेछ । त्यसरी सोधभर्ना गर्दा पनि अंश नपुगेमा नपुगभएकोजति बिगो बापत त्यस्तो व्यक्तिको हक भोगको अन्य सम्पत्तिबाट अंश पाउनेलाई भराई दिनु पर्नेछ ।
(१३) बण्डा छुट्याउँदा अंश पाउने व्यक्ति वा निजका एकाघरका उमेर पुगेको व्यक्तिले आप्mनो भागको अंश बुझी लिएन रसडिगली जाने कुनै सम्पत्ति भएमा अदालतले त्यस्तो सम्पत्ति लिलाम बिक्री गर्नु पर्नेछ । त्यसरी लिलामबिक्रीबाटप्राप्त रकम पछि बुझी लिन आएमा अदालतले त्यस्तो रकममध्ये दश प्रतिशत रकम कट्टा गरी बाँकी रकम निजलाई फिर्तागरीदिनु पर्नेछ ।
(१४) धेरै अंशियार भएको कारणले बण्डा गर्नु पर्ने सम्पत्ति बण्डा गर्दा सबै अंशियारले समान रूपमा उपभोग गर्ननमिल्नेवा त्यस्तो सम्पत्ति बण्डा गर्दा घर, जग्गा वा जिन्सी सम्पत्तिको रुप परिवर्तन भई प्रयोग गर्न नमिल्ने भएमात्यस्तो सम्पत्तिको अंशियारहरू बीचको सहमतिले कुनै मूल्य कायम भएमा त्यस्तो मूल्यमा र मूल्यमा सहमति नभएमापञ्चकिर्ती मूल्यमा कुनै अंशियारले लिन सक्ने गरी बण्डा गरिनेछ ।
(१५) उपदफा (१४) बमोजिम कायम भएको मूल्यमा एकभन्दा बढी अंशियारले लिन चाहेमा गोला प्रणालीबाट निर्धारित अंशियारलेलिनसक्ने गरी बण्डा गरिनेछ ।
(१६) उपदफा (१४) वा (१५) बमोजिम बण्डा हुन नसकेमा मुद्दाका पक्षको अतिरिक्त अन्य व्यक्तिको समेत सहभागिता रहनेगरीलिलाम गरी सोबाट प्राप्त भएको रकम फैसला अनुसार अंशियारहरूलाई बण्डा गरी दिनुु पर्नेछ ।
(१७) अंश बण्डा छुट्याउन अंश पाउने व्यक्ति बीच बण्डा गर्नु पर्ने सम्पत्तिका विषयमा सहमति कायम हुन नसकेमाअदालतलेत्यस्तो सम्पत्ति नरम गरम मिलाई गोला हाली बण्डा छुट्याई दिनु पर्नेछ ।
(१८) कसैले फाँटवारीमा उल्लेख भएको आप्mनो जिम्माको सम्पत्ति नदेखाएमा वा दाखिला नगरेमा सो नदेखाएको वा दाखिलानगरेकोसम्पत्तिको बिगोको सयकडा पाँच प्रतिशत जरिबाना गर्नु पर्नेछ ।
(१९) बादीले अंश पाउने ठहरी अन्तिम फैसला भएको मुद्दामा अन्य प्रतिबादी अंशियारले पनि आफ्नो अंश छुट्याई लिनदरखास्तदिएमा कानून बमोजिम लाग्ने अदालती शुल्क लिई फैसलाबाट ठहरे बमोजिमको सम्पत्तिबाट अंश छुट्याई दिलाई दिनुपर्नेछ।
(२०) यस दफा बमोजिम अंशबण्डा गर्नु पर्ने अचल सम्पत्ति अर्को जिल्लामा पनि रहेछ भने अदालतले त्यस्तो सम्पत्तिबण्डागर्न सम्बन्धित अदालतमा समेत लेखी पठाउनु पर्नेछ ।
(२१) उपदफा (२०) बमोजिम लेखी आएमा सम्बन्धित अदालतले समेत यस दफा बमोजिम त्यस्तो सम्पत्तिको बण्डा छुट्याई दिईसोकोजानकारी त्यस्तो अदालतलाई दिनु पर्नेछ ।
(२२) अदालतमा मुद्दा विचाराधिन रहेको वा त्यस्तो मुद्दामा फैसला भई कार्यान्वयन नहुँदै अंश बण्डा गर्नु पर्नेसम्पत्ति कसैले हस्तान्तरण गरेमा वा नयाँ अंशियार थपिन आएमा वा अंशियार घटेमा त्यसको प्रयोजनको लागि पुनःफिरादपत्र दिई रहनु पर्ने छैन र त्यस्तो अवस्थामा अदालतमा निवेदन दिएमा त्यस्तो निवेदनको सत्यतामा जाँचबुझगरीअंश बण्डा छुट्याउनु पर्नेछ ।
(२३) यस दफा बमोजिम अंशबण्डा गरी छुट्याई दिँदा त्यसरी बण्डा छुट्याईएको सम्पत्तिको दुई दशमलव पाँच प्रतिशतकादरलेदस्तुर लाग्नेछ ।